प्रधानमन्त्री कप क्रिकेट

लुम्बिनीले गण्डकीलाई दियो २१८ रनको लक्ष्य, प्रज्वलको अर्धशतक

नेपालभ्युज

लुम्बिनीले गण्डकीलाई दियो २१८ रनको लक्ष्य, प्रज्वलको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९.५ ओभरमा २१७ रनमा अलआउट भएको हो । लुम्बिनीका लागि प्रज्वल थापाले ७२ रन बनाए ।

मृनल गुरुङले ३८ र कप्तान देव खनालले ३३ रन बनाए । मनिष थापाले २४ र विप्रासन केसीले २५ रन बनाए ।

गण्डकीका लागि अमृत गुरुङले ३ विकेट लिए । विपिन खत्री र चन्द्र पौडेलले २–२ तथा सुवास भण्डारी, कमल परियार र वन्स क्षेत्रीले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved