प्रधानमन्त्री कप क्रिकेट:

सन्तोषको अर्धशतकमा आर्मीले सुदूरपश्चिमलाई हरायो

नेपालभ्युज

सन्तोषको अर्धशतकमा आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीको यो लगातार दोस्रो जित हो ।

आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । ६३ बलमा १० चौका प्रहार गरेका सन्तोष ५५ रनमा अविजित रहे । कप्तान विनोद भण्डारी पनि २० रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४५.३ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले ४९ रन बनाए । कप्तान नारायण जोशी र सुनिल चन्दले १६–१६ रन बनाए ।

आर्मीले शाहब आलमले ४ विकेट लिए । सोमपाल कामीले २ तथा कुशल मल्ल, बसिर अहमद, आकाश चन्द र नरेन साउदले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved