बाबुराम भट्टराईको फेसबुक पेज ‘ह्याक’

नेपालभ्युज

बाबुराम भट्टराईको फेसबुक पेज ‘ह्याक’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ ।

अनधिकृत समूहले १५ लाख फलोअर्स भएको पेज ह्याक गरी अनावश्यक तथा भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

साथै, उनको व्यक्तिगत वेबसाइटसमेत ह्याक भएको छ । सोही वेबसाइटमार्फत फेसबुक पेज ह्याक भएको सचिवालयको भनाइ छ ।

सचिवालयले भन्यो, “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज “Dr. Baburam Bhattarai” ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल उहाँको आईटी टीम उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ । यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved