प्रधानमन्त्री कप : सुदूरपश्चिम, आर्मी र पुलिस विजयी

नेपालभ्युज

प्रधानमन्त्री कप : सुदूरपश्चिम, आर्मी र पुलिस विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् ।

सुदूरपश्चिमले गण्डकीलाई पराजित गर्दा आर्मीले बागमतीलाई हराएको छ । यस्तै, पुलिसले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले पराजित गर्‍यो ।

गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितका लागि किरण ठगुन्नाले शतकीय पारी खेले । किरणले अविजित १२१ रन बनाए । उनले १०१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।

नारायण जोशी ३८ रनमा अविजित रहे । गण्डकीका लागि भने विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १–१ विकेट लिए ।

यस्तै, सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा आर्मीले बागमीलाई १३४ रनले पराजित गरेको छ ।

आर्मीले दिएको २६३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको बागमती २७ ओभरमा १२८ रनमा अलआउट भयो । बागमतीका लागि विवेक मगरले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

आर्मीका लागि साहब आलमले ४ विकेट लिए । आकाश चन्दले ३ तथा सोमपाल कामी, नरेन साउद र बसिर अहमदले १–१ विकेट लिए।

र, पुलिसले लुम्बिनीलाई ८७ रनले पराजित गरेको छ । पुलिसले दिएको २५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर १६२ रन मात्र बनाउन सक्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved