काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले बागमतीलाई २६३ रनको लक्ष्य दिँदा नेपाल पुलिस क्लबले भने लुम्बिनी प्रदेशलाई २५० रनको लक्ष्य दिएको छ ।
सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा आर्मीले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २६२ रन बनाएको हो ।
आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । उनले ९८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७६ रन जोडे ।

कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे । तृत राज दास ३६ र विवेक यादव ३० रनमा अविजित रहे । कुशल मल्लले भने २६ रन बनाए ।
बागमतीका लागि इशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसीले २–२ तथा सोनु देवकोटाले १ विकेट लिए ।
यस्तै, भैरहवास्थित एक्स्ट्र टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको पुलिसले पूरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २४९ रन बनाएको छ ।

पुलिसका लागि कुशल भूर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले।
कुशलले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए । आरिफले ७९ बलमा २ छक्का प्रहार गर्दै ५६ रन बनाए । गुल्शन झा ३६ रनमा अविजित रहँदा दिलिपनाथले भने ३४ रन बनाए ।
लुम्बिनीका लागि कृष्णा कार्की र अजय चौहानले ३–३ विकेट लिए ।
Facebook Comment
Comment