इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

नेपालभ्युज

इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

काठमाडौं । इजरायलले गाजामा तत्काल प्रभावबाट बिजुली आपूर्ति बन्द गर्ने बताएको छ ।

ऊर्जामन्त्री एली कोहेनले बाँकी ५९ बन्धकहरूको रिहाइका लागि हमासमाथि दबाब दिने उद्देश्यले यो कदम चालिएको बताए ।

इजरायल विद्युत् निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको उनले जानकारी दिए ।

‘मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु । हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं,’ उनले भने ।

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारीसाधनहरूको बाटो अवरुद्ध गरेको थियो । ऊर्जामन्त्री कोहेनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए ।

इजरायलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ ।

तर हमासले भने युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहन्छ ।

गाजा सम्झौता ‘पूर्ण रूपमा’ कार्यान्वयन गर्न नेतन्याहूलाई आग्रह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved