ग्लोबल म उद्यमी कर्जा सार्वजनिक, महिलालाई प्राथमिकता

नेपालभ्युज

ग्लोबल म उद्यमी कर्जा सार्वजनिक, महिलालाई प्राथमिकता

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ ।

महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायहरूमा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने गरी बैङ्कले उक्त कर्जा ल्याएको हो ।

यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैङ्कले विशेष प्राथमिकता दिई कर्जा प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत आकर्षक सुविधाहरू सहित न्यूनतम ब्याजदरमा महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ ।

महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरूकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरू मात्र यस कर्जाका लागी योग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैङ्कले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved