एमजीको नयाँ विद्युतीय गाडी ‘MGS5EV’ नेपालमा सार्वजनिक

नेपालभ्युज

एमजीको नयाँ विद्युतीय गाडी ‘MGS5EV’ नेपालमा सार्वजनिक

काठमाडौं ।  एमजी (मोरिस ग्यारेज) कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले बिहीबार एक विशेष कार्यक्रम  गरी नयाँ विद्युतीय गाडी ‘MGS5EV’ सार्वजनिक गरेको छ।

बेलायतमा १०० वर्षअघि स्थापना भएको एमजी मोटर्सले चीनमा निर्माण गरेको यो गाडी चीनपछि विश्वमै पहिलो पटक नेपालमा सार्वजनिक गरिएको हो।

पारामाउन्ट मोटर्सका अनुसार, ‘MGS5EV’ तीनवटा भेरियन्टमा उपलब्ध हुनेछ। जसको मूल्य क्रमशः ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ। ब्याट्री क्षमता, माइलेज र गाडीमा प्रयोग भएको मोटरको क्षमताको आधारमा मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ। यो नयाँ मोडेल हाललाई सेतो, कालो र रातो रङ्गमा उपलब्ध हुनेछ।

‘MGS5EV’ का विशेषताहरू-

प्रत्येक चक्कामा स्वचालित सस्पेन्सन, जसले खाल्डाखुल्डी सडकमा गाडीलाई कम हल्लिन दिन्छ।
७ वटा एयरब्याग, जसले दुर्घटनाको अवस्थामा मानवीय क्षति कम गर्ने दावी कम्पनीको रहेको छ।
तीन वर्षसम्म प्रति महिना ५०० एमबी डाटासहित युट्युब, टिकटक र स्पोटीफाइ निःशुल्क उपलब्ध गराइनेछ।

पारामाउन्ट मोटर्सले यो नयाँ मोडेल नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई मध्यनजर गर्दै ल्याइएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved