लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई होइन, भारतलाई जानुपर्छ : मन्त्री खड्का

नेपालभ्युज

लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई होइन, भारतलाई जानुपर्छ : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय कुलमान घिसिङलाई नभएर भारतलाई जानुपर्ने बताएका छन् ।

संसद्‌मा उठेको प्रश्नको जवाफ दिँदै उनले लोडसेडिङ अन्त्यका लागि छिमेकी मुलुकले सघाएको भन्दै भारतलाई धन्यवाद दिनुपर्ने बताएका हुन् ।

‘आफूलाई आवश्यकता हुँदाहुँदै भारतले हामीलाई ४५० मेगावट विद्युत् उपलब्ध गराउँदै लोडसेडिङ हटाउन सहयोग गर्‍यो । त्यसैले यसको श्रेय भारतलाई जानुपर्छ,’ उनले भने ।

मन्त्रिपरिषद्को निर्णयबाट भारतबाट विद्युत् आपूर्ति गर्ने निर्णयपछि र भारतले विद्युत् उपलब्ध गराएपछि लोडसेडिङ अन्त्य भएको उनले बताए ।

एक व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य नगरेको उनको भनाइ छ । भारतबाट आयात भएको बिजुली र मुलुकमा उत्पादित बिजुलीको व्यवस्थापन भने कुलमानले सही तरिकाले गरेको कुरा मन्त्री खड्काले स्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved