७ सहसचिवको सरुवा हुँदा ६ जिल्लामा सीडीओ फेरिए

नेपालभ्युज

७ सहसचिवको सरुवा हुँदा ६ जिल्लामा सीडीओ फेरिए

काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ ।

७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय हुँदा ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।

ओखलढुङ्गाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ ।

यस्तै, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभाको सीडीओमा दिव्यराज पोखरेल, नुवाकोटमा शशिधर घिमिरे र रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved