पाल्पामा मङ्गलबारदेखि लागेको डढेलो अझै निभेन, चारवटा सामुदायिक वनमा क्षति

नेपालभ्युज

पाल्पामा मङ्गलबारदेखि लागेको डढेलो अझै निभेन, चारवटा सामुदायिक वनमा क्षति

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका १ र २ को सीमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब एक सय ७० हेक्टरमा फैलिएका चारवटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved