परशुराम धाममा साहित्य महोत्सवको रौनक, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

नेपालभ्युज

परशुराम धाममा साहित्य महोत्सवको रौनक, गृहमन्त्री लेखकले उद्घाटन गर्ने
गृहमन्त्री रमेश लेखक

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले यही फागुन २२ र २३ गते परशुराम धाममा परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ। कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्।

आयोजकका अनुसार, महोत्सवको सञ्चालन चर्चित टिभी प्रस्तोता समा थापाले गर्नेछिन्। महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।

परशुराम नगरपालिकाका मेयर भरत जोशी, जो देशकै कान्छा र वैज्ञानिक मेयरको रूपमा परिचित छन्, ले यो महोत्सवले स्थानीय कला, संस्कृति र साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए। मेयर जोशीले भने, ‘परशुराम धामको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्न र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो महोत्सव महत्वपूर्ण हुनेछ ।’

महोत्सवमा कला, संस्कृति, खेलकुद, साहित्य लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय कला र संस्कृतिको प्रदर्शन, राष्ट्रियस्तरका साहित्यकारहरुको उपस्थिति र अन्तरक्रिया, स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्।

परशुराम नगरपालिकाले आयोजना गरेको सो महोत्सवले स्थानीय जनतामा उत्साह जगाउनुका साथै यसले डडेल्धुराको पर्यटन विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved