स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्यास

नेपालभ्युज

स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्यास

काठमाडौं । सन् २०२५ को च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि अष्ट्रेलियाली टोलीका कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

क्रिकेट अष्ट्रेलियाले बुधबार यो घोषणा गरेको हो ।

मङ्गलबार भएको खेलमा अस्ट्रेलिया भारतसँग चार विकेटले पराजित भएको छ । प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले टोलीको नेतृत्व गरेका थिए । उनले टेष्ट खेल्न भने जारी राख्नेछन् र लामो समयदेखि टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा टोलीबाट बाहिर छन् ।

३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना सहकर्मीहरूलाई आफूले आफ्नो अन्तिम एकदिवसीय खेल खेलेको बताएका थिए ।

स्मिथले भने, “यो एक अद्भुत यात्रा भएको छ र मैले यसको हरेक क्षणको आनन्द लिएको छु । धेरै राम्रा क्षणहरू र राम्रा सम्झनाहरू थिए । दुई विश्वकप जित्नु एउटा उत्कृष्ट उपलब्धि थियो र धेरै अद्भुत टोली साथीहरूसँग यात्रा साझा गर्नुथियो । अहिले मानिसहरूका लागि सन् २०२७ को विश्वकपको तयारी सुरु गर्ने ठूलो अवसर हो, त्यसैले यो सन्यास लिने सही समय जस्तो देखिन्छ ।”

स्मिथले १६९ एकदिवसीय खेल खेलेका छन् । सन् २०१० मा वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको लागि डेब्यू गरेका थिए । कुल १६९ एकदिवसीय खेल खेले र ५७२७ रन बनाएका छन् । यस अवधिमा उनको औसत ४३.०६ र स्ट्राइक रेट ८७.१३ थियो । एकदिवसीयमा उनको उत्कृष्ट पारी १६४ रन हो । उनले एकदिवसीय खेलमा ३४ अर्धशतक र १२ शतक बनाएका छन् ।

सन् २०२५ को च्याम्पियन्स ट्रफीमा स्मिथ फर्ममा थिएनन् । उनले तीन इनिङमा ४८.५० को औसतमा ९७ रन बनाए । उनको उत्कृष्ट इनिङ ७३ रन थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved