बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

नेपालभ्युज

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

बुधबार बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका डम्बरबहादुरको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी सय मिटर तल खोचमा खसेका हुन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved