तमन्ना भाटिया र विजय वर्माको ब्रेकअप !

नेपालभ्युज

तमन्ना भाटिया र विजय वर्माको ब्रेकअप !

काठमाडौं । साउथ अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि अभिनेता विजय वर्मासँग डेट गरिरहेकी थिइन्, तर अब यी दुईको ब्रेकअप भएको खबर बाहिर आएको छ ।

रिपोर्टकाअनुसार तमन्ना र विजयबीच केही हप्ताअघि ब्रेकअप भएको हो । यद्यपि, यस विषयमा दुवै पक्षबाट अहिलेसम्म कुनै आधिकारिक धारणा आएको छैन ।

पिङ्कभिल्लाकाअनुसार तमन्ना र विजयले ब्रेकअप पछि साथी नै रहने निर्णय गरेका छन् । यद्यपि, दुवै जनाले अझै पनि इन्स्टाग्राममा एकअर्कालाई फलो गरिरहेका छन् र उनीहरूको सामाजिक सञ्जाल ह्यान्डलमा धेरै तस्वीर पनि छन् ।

विजय र तमन्नाको सम्बन्ध ‘लस्ट स्टोरीज २’ को छायाङ्कनपछि सुरु भएको थियो । छायाङ्कनको क्रममा उनीहरू दुवै जना सह-कलाकार मात्र थिए र सेटमा एकअर्कासँग व्यावसायिक व्यवहार गर्थे ।

सुटिङपछि समापन पार्टी थियो । त्यही समयमा विजयले तमन्नालाई उनीसँग धेरै समय बिताउन चाहेको बताएका थिए । यसपछि उनीहरूको पहिलो डेट लगभग २०-२५ दिन पछि भएको थियो ।

तमन्ना आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छिन् । उनको नाम विराट कोहली र पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग जोडिएको छ ।

विराट–तमन्नाले पनि डेट गरेको हल्ला चलेको थियो । दुवै जनाको भेट एउटा विज्ञापनको सुटिङको क्रममा भएको थियो । यो भेटपछि दुई जनाबीच निकटता बढ्यो । यद्यपि, पछि उनीहरूको सम्बन्ध विच्छेद भयो । ब्रेकअपको कारण विराटले ब्राजिलियन मोडेल इसाबेलसँग डेट गर्न थालेको भनिएको थियो ।

यद्यपि, तमन्नाले पछि समाचारमा प्रतिक्रिया दिइन् । उनले भनेकी थिइन्, “त्यो विज्ञापन सुटिङ पछि दुई जना कहिल्यै भेटेनौँ ।”

तमन्ना र पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग सम्बन्धमा रहेको खबर पनि आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved