थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

नेपालभ्युज

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयाेजनाकाे पाइप फुटेको छ । थापाथली चाेकनजिकै मङ्गलबार बिहानै पाइप फुटेपछि उक्त क्षेत्रको सडकमा बाढी आएको छ ।

थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइप फुटेको हो । यसले गर्दा थापाथली क्षेत्रको सडक अवरुद्ध भएको छ ।

यहाँ के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । यसअघि गत माघ ३० गते बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । वन परिसरसँगै साे क्षेत्रका केही सरकारी कार्यालय डुबानमा परेका थिए ।

बबरमहलमा विद्युत् प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो । त्यस घटनालाई लिएर प्राधिकरणले माफी पनि मागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved