अल्भारेजको गाेलसँगै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा, उपाधि दौडमा तीव्र प्रतिस्पर्धा

नेपालभ्युज

अल्भारेजको गाेलसँगै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा, उपाधि दौडमा तीव्र प्रतिस्पर्धा

काठमाडौं । जुलियन अल्भारेजले खेलकाे ६६ औं मिनेटमा गरेकाे निर्णायक गोलसँगै एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार बिहान घरेलु मैदान रियाद एअर मेट्रोपोलिटानाेमा भएको खेलमा एथ्लेटिक क्लब बिल्बाओलाई १–० गोलअन्तरले हराएर एट्लेटिकोले बार्सिलोनालाई उछिनेको हो ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट एट्लेटिको आएका अल्भारेजको ला लिगामा व्यक्तिगत १०औं गोल गरेका हुन् ।

यससँगै एट्लेटिकोको २६ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाको २५ खेलबाट ५४ अङ्क छ ।

आइतबार बिहान नै भएको खेलमा साविक विजेता रियल मड्रिड रियल बेटिससँग पराजित भएको थियो । यससँगै सर्वाधिक ३६ पटकको विजेता रियल लिगमा दोस्रोबाट तेस्रोमा झरेको छ । बार्सिलोनासँग समान ५४ अङ्क भए पनि गोल अन्तरका आधारमा रियल पछि । रियलले बार्सिलोभन्दा एक खेल बढी खेलेको छ ।

यससँगै ला लिगाको उपाधि दौडमा थप तीव्र प्रतिस्पर्धा देखिएको छ । अब हुने खेलमा बार्सिलोना विजयी भएका उसले एट्लेटिकोलाई उछिन्ने छ । यता रियल पनि प्रतिस्पर्धाको दौडमा अघि बढिरहेको छ ।

लिगको चौथो स्थानमा बिल्बाओ, पाँचौंमा भिल्लारियाल र छैटौंमा बेटिस रहेका छन् ।

पूर्वखेलाडी इस्कोले निर्णायक गोल गर्दा साविक विजेता रियल मड्रिड पराजित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved