प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश पास गर्न ढिलाइ भयो : गृहमन्त्री लेखक

नेपालभ्युज

प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश पास गर्न ढिलाइ भयो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन् ।

काठमाडौंमा नेशनल प्याब्सनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको भन्दै समयभित्रै अघि बढाउने र सदनले स्वीकार गर्ने दाबी गरेका हुन् ।

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए । अहिलेको समीकरण केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको लेखकको दाबी छ ।

उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे । साथै, शिक्षा विधेयकलाई समयमा नै पारित गरि शिक्षा क्षेत्रको कानुनी र नीतिगत सुधार गर्ने बताए ।

मन्त्री लेखकले सङ्घीय संसद्‌मा विधेयकलाई अघि बढाउन ढिलाई भएकाले निश्चित समयवधिभित्र विधायनका बिषयलाई टुङ्गाउने गरि काम गर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved