काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो (ग्याल्बो) ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी आज (शुक्रबार) मनाइँदै छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होछार मनाइरहेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होछारलाई विभाजन गरिएको छ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होछारका नाममा यो पर्व मनाइसकेका छन् ।
बौद्ध, स्वयम्भूलगायत काठमाडौं उपत्यकाका विभिन्न धार्मिकस्थल पनि ल्होछार मनाइँदै छ ।
फोटोफिचरमा हेरौं बौद्धका दृश्य :

Facebook Comment
Comment