भूमिसम्बन्धी अध्यादेशबारे केही दलका शीर्ष नेता र विज्ञसँग अन्तरक्रिया गर्दै जसपा नेपाल

नेपालभ्युज

भूमिसम्बन्धी अध्यादेशबारे केही दलका शीर्ष नेता र विज्ञसँग अन्तरक्रिया गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (शुक्रबार) भूमिसम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा दिउँसो १ बजेदेखि केही दलका शीर्ष नेता र विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, डा. उमाङ्कर प्रसादलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफलसमेत हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved