चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

नेपालभ्युज

चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार लङ मार्च–२ सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

लङ मार्च–२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २ सी (सीजेड–२ सी) पी पनि भनिन्छ ।

दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औं उडान अभियान थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved