जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

नेपालभ्युज

जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु
सांकेतिक तस्विर

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved