एफबीआईको आरोप – उत्तर कोरियाले डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी चोर्‍यो

नेपालभ्युज

एफबीआईको आरोप – उत्तर कोरियाले डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी चोर्‍यो

काठमाडौं । अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।

“उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो”, एफबीआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।

ब्यूरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ ।

“उनीहरू द्रुत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटक्वाइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन् जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्”, ब्यूरोले भनेको छ, “यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।”

उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो ।

उत्तर कोरियाको साइबर–युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो ।

सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदनअनुसार त्यसबेला देखि यो छ हजार जना सदस्य भएको साइबर–युद्ध एकाइ बनेको छ जसलाई ब्यूरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved