स्वकीय सचिव थापा मृत्यु प्रकरण : सहकारीमन्त्री श्रेष्ठको राजीनामा माग

नेपालभ्युज

स्वकीय सचिव थापा मृत्यु प्रकरण : सहकारीमन्त्री श्रेष्ठको राजीनामा माग

काठमाडौं । बागमती प्रदेशका तीन दलले सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको राजीनामा मागेका छन् ।

श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्युको घटनालाई लिएर निष्पक्ष छानबिनका लागि श्रेष्ठको राजीनामा मागेका हुन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै थापाको मृत्युमा संसदीय छानबिन गर्न पनि माग गरेका छन् ।

थापाको मृत्युपछि प्रहरीले फेला पारेको आत्महत्यासम्बन्धी मृतकको स्वलेख भनिएको पत्र तथा सहकारीसम्बन्धी अडिओ रेकर्डमा मन्त्री श्रेष्ठलगायत नेताहरूको नामसमेत मुछिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशस्तरमा संसदीय छानबिन समिति बनाइ वास्तविकता बाहिर ल्याउन माग गर्दै उनीहरूले यसका लागि प्रदेशसभा बैठक बोलाउनुपर्ने पनि प्रस्ट पारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved