काठमाडौं । आम आदमी पार्टीकी विधायक तथा दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले आफ्नो पार्टीका विधायकहरूलाई विधानसभा भवनमा प्रवेश गर्न नदिएको बताएकी छिन् ।
उनी भन्छिन्, “सत्तामा आएपछि भाजपाले “तानाशाही”को सबै सीमा पार गरिरहेको छ ।”
आतिशीले सभा परिसरमा तैनाथ प्रहरीहरूसँग चर्को बहस गरिरहेको देखिन्छ । आतिशीले किन सभामा प्रवेश गर्न दिइएन भनेर सोधेकी छन् ।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन्, “भाजपाका मानिसहरूले सत्तामा आउने बित्तिकै तानाशाहीका सबै सीमा पार गरे ।”
आम आदमी पार्टीका विधायकहरूलाई ‘जय भीम’ नारा लगाएकोमा तीन दिनको लागि सदनबाट निलम्बन गरिएको थियो । र आज आपका विधायकहरूलाई विधानसभा परिसरमा प्रवेश गर्न पनि दिइएको छैन ।
निर्वाचित विधायकहरूलाई विधानसभा परिसरमा प्रवेश गर्न रोक लगाइएको यो पहिलो पटक हो ।
मङ्गलबार आतिशी र गोपाल राईसहित आम आदमी पार्टीका २१ विधायकहरूलाई मार्शलहरूले निकालेका थिए । उनीहरुलाई तीन दिनको लागि सदनबाट निलम्बन गरिएको थियो ।
सन् २०२२-२१ को हाल रद्द गरिएको मदिरा नीतिमा क्यागको प्रतिवेदन प्रस्तुत हुनुभन्दा अगाडि यी विधायकहरूले दिल्ली विधानसभामा विरोध प्रदर्शन सुरु गरेका थिए ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले प्रस्तुत गरेकी ‘दिल्लीमा मदिराको नियमन र आपूर्तिमा प्रदर्शन लेखा परीक्षण’ प्रतिवेदनअनुसार यस नीतिका कारण दिल्ली सरकारले २,००० करोड रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको उल्लेख छ ।
Facebook Comment
Comment