सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

नेपालभ्युज

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा १५ रूपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved