काठमाडौं । नेपालले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसङ्घले राखेको उक्त प्रस्तावमा नेपालले समर्थन जनाएको हो ।
नेपालका प्रतिनिधिले युक्रेनको पक्षमा मतदान गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यससँगै उक्त प्रस्ताव राष्ट्रसङ्घबाट अनुमोदन भएको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो ।
अमेरिकाले भने प्रस्तावको विपक्षमा मतदान गरको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको हो ।
प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशहरू छन् ।
अमेरिका र रुससँगै इजरायल र हङ्गेरीले प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेन र रुसबीच जारी युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो ।
राष्ट्रसङ्घमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भने भाग लिएनन् । ६५ देशले मतदानमा भाग नलिएका हुन् ।
Facebook Comment
Comment