काठमाडौं । जर्मनीमा आइतबार सम्पन्न आमचुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन् ।
जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ । मर्ज जर्मनीको अर्को चान्सलर बन्ने तयारीमा छन् ।
अमेरिका युरोपको भविष्यका लागि धेरै परिवर्तन भइसकेको बताउँदै अब युरोप यसबाट अलग हुनुपर्ने उनको भनाइ छ ।
उनले आइतबारको चुनावमा अमेरिकी अधिकारीहरूले हस्तक्षेप गरेको आरोप लगाउँदै आलोचना पनि गरे । चुनावमा ट्रम्प प्रशासन र अर्बपति इलोन मस्कले अति-दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन गरेका थिए ।
युक्रेनलाई समर्थन
रुस-युक्रेन युद्धको तीन वर्ष पूरा भएको अवसरमा पनि मर्जले प्रतिक्रिया दिएका छन् ।
उनले भने, “युरोपमा तीन वर्षको युद्धका क्रममा हामीले विनाश र युद्ध अपराधका भयानक दृश्य देखेका छौँ । अब हामीले युक्रेनलाई पहिलेभन्दा बढी बल दिन आवश्यक छ । शान्तिका लागि आक्रमणमा परेको देश शान्ति वार्ताको हिस्सा हुन जरुरी छ ।”
सम्बन्धित सामग्री –
जर्मन राजनीतिमा नयाँ मोड : मर्केलसँगको विवादले पार्टी छाडेका मर्ज चान्सलर बन्दै
Facebook Comment
Comment