एकीकृत समाजवादीको आरोप – भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भए

नेपालभ्युज

एकीकृत समाजवादीको आरोप – भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भए
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारवाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए ।

भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ ।

बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद् छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र संवादको माध्यमबाट ताप्लेजुङ केबलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसँग माग गरिएको महासचिव भुसालले बताए ।

उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने गरि आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए ।

गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाइका लागि माग समेत बैठकले गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved