सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

नेपालभ्युज

सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved