संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपालभ्युज

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (सोमबार) दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन आव २०८०/८१ पेस हुने कार्यसूची छ ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन् ।

उक्त प्रस्तावमाथि दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेलगायत कार्यसूची छ ।

राष्ट्रियसभाको बैठक भने आज दिनको १२ः१५ बजे बस्दैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved