काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको भन्दै प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् ।
राजनीतिक पार्टीका नेताहरुले देशको बिकास गरेनन् भन्ने शाहको टिप्पणीप्रति उनले निर्वाचित भइ संसद्बाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरि देखाउन चुनौती दिए । तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियतसमेत गुम्नसक्ने उनले बताए ।
उनले राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई सवैले स्वीकारेपनि जनतालाइ रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाइएको स्मरण गराए ।
गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।
Facebook Comment
Comment