९ दिनपछि भेटियो त्रिशूलीमा बेपत्ता भएका रोहितको शव

नेपालभ्युज

९ दिनपछि भेटियो त्रिशूलीमा बेपत्ता भएका रोहितको शव

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलमा मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा बेपत्ता भएका रोहित रानाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो ।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल यही फागुन २ गते बिहान करिब ११ः४० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बेपत्ता रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले शव नदीबाट बाहिर निकालेको हो ।

उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौं जान हिँडेको परिवारका सदस्यहरुले बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved