च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले इङ्गल्याण्डलाई हरायो, इङ्लिसको अविजित १२० रन

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले इङ्गल्याण्डलाई हरायो, इङ्लिसको अविजित १२० रन

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको आजको खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।

पाकिस्तानको लाहोरमा भएको समूह ‘बी’ को खेलमा ३ सय ५२ रनको उच्च लक्ष्य अष्ट्रेलियाले १५ बल बाँकी रहँदै ५ विकेट गुमाएर पार गरेको हो ।

कङ्गारु टोलीका लागि जस इङ्लिसले शतकीय पारी खेले । अविजित रहेका उनले ८६ बलमा १२० रन बनाए । त्यसक्रममा उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

अष्ट्रेलियाका लागि एलेक्स केरीले ६९ र ओपनर म्याथु सर्टले ६३ रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

ओपनर बेन डकेटले १४३ बलमा १६५ रन प्रहार गरेपछि इङ्लिस टोली उच्च स्कोरमा पुगेको थियो । तर, उनको यो प्रदर्शनले पनि टिमलाई जित दिलाउन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved