इङ्लिस प्रिमियर लिग : लिसेस्टरको पोस्टमा ब्रेनफोर्डको ४ गोल

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग : लिसेस्टरको पोस्टमा ब्रेनफोर्डको ४ गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा ब्रेनफोर्डले लिसेस्टर सिटीविरुद्ध फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेनफोर्ड ४-० ले विजयी भएको हो ।

खेलको ७औँ मिनेटमा ब्रेनफोर्डका लागि योने विजा, २७औँ मिनेटमा ब्रेइन बेउमो, ३२औँ मिनेटमा क्रिस्टियन नोरगार्ड र ८९औँ मिनेटमा फाबियो कारभालोले गोल गरे । लिसेस्टर सिटीले भने कुनै गोल गर्न नसकेपछि ब्रेनफोर्ड ४-० ले विजयी भएको हो ।

अंक तालिकामा भने लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा आर्सनल छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved