काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा गर्ने भएको छ ।
बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले भ्रष्टाचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको जानकारी दिए ।
नवीन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको प्रदेश अध्यक्ष गुरुङले बताए । उनले कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका साबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने तयारी रहेको बताए ।
‘हामीले ४२ बुँदै ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं । तर, ज्ञापनपत्रको कुनै सुनुवाई नै भएन । यो ट्रेन्ड नै जस्तो लाग्यो’, गुरुङले भने, ‘जबसम्म ढुंग्गामुढा गर्दैन, टायर बाल्दैन तबसम्म सरकारले कान नसुन्ने रैछ, आँखा नदेख्खो रैछ की भनेर हामी अगाडी बढेको हो ।’
उनले पृथ्वीचोकबाट र्याली निकालेर चिप्लेढुंगामा गएर विरोध सभा गर्ने जानकारी समेत दिए ।
Facebook Comment
Comment