केआईआईटीमा अध्ययनरत एक सय २६ विद्यार्थी नेपाल फर्किए

नेपालभ्युज

केआईआईटीमा अध्ययनरत एक सय २६ विद्यार्थी नेपाल फर्किए

पर्सा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै उनीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बुधबार एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआईटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved