योगी आदित्यनाथको दाबी – सङ्गमको पानी नुहाउन मात्र होइन, पिउनसमेत योग्य छ

नेपालभ्युज

योगी आदित्यनाथको दाबी – सङ्गमको पानी नुहाउन मात्र होइन, पिउनसमेत योग्य छ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भस्थित सङ्गमको पानी नुहाउन मात्र नभएर पिउनसमेत योग्य रहेको दाबी गरेका छन् ।

बुधबार विधानसभालाई सम्बोधन गर्दै उनले सङ्गमको पानीको गुणस्तरमा उठाइएका प्रश्नहरूको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, “गङ्गा जी होस् वा यमुना जी, यसको वरिपरिका सबै पाइप र नालीहरूमा ट्याप लगाइएको छ र पानी शुद्धीकरण गरेपछि मात्र छोडिएको छ ।”

उनले थपे, “उत्तर प्रदेश प्रदूषण नियन्त्रण बोर्डले त्यहाँको पानीको निरन्तर निगरानी गर्छ र यसको गुणस्तर कायम राख्न काम गर्छ ।”

मुख्यमन्त्री योगीले आफ्नो रिपोर्टअनुसार सङ्गम नजिकै बीओडी (बायोकेमिकल अक्सिजन डिमान्ड) को मात्रा र घुलित अक्सिजनको मात्रा मापदण्डअनुसार रहेको बताएका छन् ।

“यसको अर्थ सङ्गमको पानी नुहाउन र पिउनको लागि पनि उपयुक्त छ ।” विपक्षीमाथि कटाक्ष गर्दै उनले भने, “यसको बारेमा गलत प्रचार गर्ने सबैले यसमा ध्यान दिनुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved