काठमाडौं । बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ गर्न तयार रहेको बताएको छ ।
यस हप्ता २,५०० ब्रिटिश सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को अभ्यासमा भाग लिइरहेका छन् ।
यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ ।
ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिश सेनाले नेटो अभ्यासमा भाग लिइरहेको छ । वाटसनले भने, “यदि युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने ब्रिगेड “पूर्ण रूपमा तयार” छ ।”
बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै भनेका छन्, “यदि युद्धविराम भयो भने युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार छ ।”
युक्रेनमा जारी युद्ध अन्त्य गर्न मङ्गलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले साउदी अरेबियामा शान्ति वार्ता गरेका छन् ।
यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूलाई रुस-अमेरिका वार्तामा निमन्त्रणा नगरिएको बताएका थिए ।
जेलेन्स्कीले हालै भनेका छन्, “रूसबाट आउने खतरालाई ध्यानमा राख्दै युरोपले आफ्नो सुरक्षाको लागि आफ्नै सेना बनाउनुपर्छ ।”
Facebook Comment
Comment