बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

नेपालभ्युज

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

युके–नेपाल विजनेश फोरमले आयोजना गरेको “अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश” कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासङ्घको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानूनी सुधार गरेको जानकारी दिए। यी सुधारहरुले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भइरहेको उनले बताए।

द्विपक्षीय लगानी सम्झौताले नेपाल र बेलायत बीचको विश्वास बलियो बनाउने, लगानीको सुरक्षा प्रदान गर्ने र व्यापार सम्बन्ध सहज बनाउने उनको धारणा थियो।

नेपालमा ऊर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार, स्वास्थ्य सेवा र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरुलाई उनले आग्रह गरे।

“महासङ्घको  पहलमा धेरै नीतिगत सुधार भएका छन्। जसले नेपालमा लगानीमत्री वातावरण सिर्जना गरेको छ। यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदार बेलायती व्यवसायीहरुलाई स्वागत गर्न तयार छौं”, उनले भने, “बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ पनि दिनेछ ।”

महासङ्घको पहलमा १० अर्ब रुपैयाँको पूँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्ताहरूसँग सहजीकरण गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीहरुका लागि महासङ्घ सधैं तयार रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved