साबिक विजेता चर्च ब्वाइजलाई हराउँदै धरान सेमिफाइनलमा

नेपालभ्युज

साबिक विजेता चर्च ब्वाइजलाई हराउँदै धरान सेमिफाइनलमा
इटहरी ।  धरान फुटबल क्लब १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाईटेडलाई २-१ ले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो ।
धरानका लागि दोर्जे तामाङले पहिलो हाफको अतिरिक्त समय (४६ औँ मिनेट) मा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको १२ औँ मिनेटमा विवेक राईले महत्त्वपूर्ण दोस्रो गोल थपे ।
दुई गोलले पछि परेपछि चर्च ब्वाइजले दबाब बढाएको थियो । अन्तिम समयमा चर्च ब्वाइजका अनन्त तामाङले हेडमार्फत एक गोल फर्काएका थिए । त्यसपछि पनि चर्च ब्वाइजले लगातार आक्रमण गरेर खेलमा पुनरागमन गर्ने प्रयास गर्‍यो, तर सफल हुन सकेन ।
बुधवार हुने पहिलो सेमिफाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) र मच्छिन्द्र फुटबल क्लब काठमाडौं आमेन-सामने हुनेछन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved