काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मङ्गलबार बिहान घरेलु मैदानमा भएको खेलमा रायो भालोकानोलाई सोमवार १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
बार्सिलोनाका लागि रोर्बट लेवान्डोस्कीले गोल गरे । उनले खेलको २८औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बनेको हो ।

यससँगै बार्सिलोनाले आफ्नो सदावहार प्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पारेको छ । २४ खेलबाट दुवै टोलीको समान ५१ अङ्क भएपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लन सफल भएको हो ।
समान खेलबाट ५० अङक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । यसर्थ पहिलो र दोस्रो स्थानमा रहेका दुई क्लबको समान ५१ अङ्क र तेस्रो स्थानको ५० अङ्क भएसँगै ला लिगा उपाधि भिडन्त रोचक बनेको छ ।
एथ्लेटिक क्लब बिल्बाओ ४५ अङ्कसँगै चौथो तथा ४१ अङ्क जोडेको भिल्लारियाल लिगको पाँचौं स्थानमा छ ।
बार्सिलोनासँग पराजित भालोकानो २४ खेलमा ३५ अङ्कका साथ छैठौं स्थानमा छ ।
Facebook Comment
Comment