सरकारले ओडिसा घटनाप्रति चासो देखाएन : सांसद पौडेल

नेपालभ्युज

सरकारले ओडिसा घटनाप्रति चासो देखाएन : सांसद पौडेल
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको ओडिसास्थित एक विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि परेको समस्याप्रति सरकारको चासो नदेखिएको बताएका छन् ।

सोमबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले घटना घट्नेबित्तिकै चासो देखाएर समाधानमा केन्द्रित हुनुपर्नेमा सरकारले निकै ढिलो गरेको बताएका हुन् ।

पौडेलले सरकारले विद्यार्थीहरुलाई सहज वातावरण बनाउन नसकेको बताए । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तत्काल सम्बन्धित विधार्थीहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निष्कासन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved