काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच शान्ति वार्ता सुरु हुन लागेको छ ।
मिडिया रिपोर्टकाअनुसार दुई देशबीचको यो वार्ता मङ्गलबारदेखि सुरु हुने दाबी गरिएको छ ।
अमेरिका र रुसका नेताहरूबीच साउदी अरेबियाको राजधानी रियादमा बैठक हुने भनिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो, मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज साउदी अरेबियाको भ्रमणमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रपति पुटिनसँगको आफ्नो भेट ‘छिट्टै’ हुनसक्ने आशा व्यक्त गरेका छन् ।
यद्यपि, यस वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन । यसले युरोपेली नेताहरूलाई शङ्कामा पारेको छ ।
हालै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने बारेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।
यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएका थिए । यसपछि युक्रेन र युद्धको बारेमा छलफल तीव्र भएको छ ।
यद्यपि, ट्रम्प र पुटिन बीचको यो कुराकानीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देश सहभागी नभएकोले युद्ध अन्त्य गर्ने कुनै सम्झौता भए स्वीकार नगर्ने बताएका छन् ।
Facebook Comment
Comment