भारतको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला

नेपालभ्युज

भारतको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला

काठमाडौं । भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्रा मृत फेला परेकी छन् ।

इन्डियन एक्सप्रेसकाअनुसार बी-टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल मृत फेला परेकी हुन् ।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै लम्सालले आत्महत्या गरेको जनाएको छ ।

विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, “बी-टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो होस्टेलमा आत्महत्या गरेकी छन् । उक्त विद्यार्थीको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशङ्का गरिएको छ । कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।”

यद्यपि, घटनाबारे कारण खुलिनसकेको ओडिशा टीभीले जनाएको छ ।

“प्रहरीले मृतकको कोठा सिल गरेको छ र उनका आमाबाबु नआउन्जेल शवलाई शवगृहमा राखेको छ,” विश्वविद्यालयका एक अधिकारीले भने ।

घटनासँगै केआईआईटी विश्वविद्यालयमा तनाव बढेको छ । ‘हामी न्याय चाहन्छौँ’ भन्दै विश्वविद्यालय परिसरमा सहपाठीले प्रदर्शन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved