नेपाल आइन् साम्बा

नेपालभ्युज

नेपाल आइन् साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छिन् ।

आइतबार बिहान अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता तथा अन्य पदाधिकारीले साम्बालाई स्वागत गरेका हुन् ।

सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्न साम्बा नेपाल आइपुगेकी हुन् ।

उद्घाटन खेलमा नेपालले कीर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ । यस्तै, लेबनान र म्यानमारबीच २ बजे आमनेसामने हुनेछन् ।

लामो यात्रा गर्नुपर्ने भएको कारण साम्बाले पहिलो खेल गुमाउने सम्भावना रहेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved