दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का

नेपालभ्युज

दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का

काठमाडौं । भारतको राजधानी दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली आसपास भूकम्प गएको आजतकको समाचारमा उल्लेख छ ।

भूकम्पको केन्द्रविन्दु जमिनबाट पाँच किलोमिटर भित्रको गहिराइमा रहेको र यसले गर्दा घरहरू धेरै नै हल्लिएको बताइएको छ । भूकम्पको मापन ४ रेक्टर स्केलको रहेको छ ।

भूकम्पबाट आत्तिएर मानिसहरू घरबाहिर सडकमा निस्किएका थिए । हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको समाचारमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved