भारत सरकारको सहयोगमा उदयपुरमा विद्यालय भवन उद्घाटन

नेपालभ्युज

भारत सरकारको सहयोगमा उदयपुरमा विद्यालय भवन उद्घाटन

काठमाडौं । नेपाल-भारत सरकारको आर्थिक सहयोगमा निर्मित  जनता बेलका माध्यमिक विद्यालयको नयाँ भवनको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ।

प्रतिनिधि सभाका माननीय सांसद डा. नारायण खड्का, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख  प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

भारत सरकारको ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत नेरु.३.७९९ करोडको लागतमा यो परियोजना सम्पन्न भएको  भारतीय दूतावासले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । नयाँ भवनमा आधुनिक कक्षा कोठाहरू, पुस्तकालय, प्रयोगशाला र अन्य सुविधाहरू रहेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै  नियोग उप-प्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपाल बीचको बलियो विकास साझेदारीको उदाहरण भएको विज्ञप्तिमा उल्लेख छ ।  उनले नेपाल सरकारको प्राथमिकतामा आधारित यस्ता परियोजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ ।

माननीय सांसद खड्का र मेयर कार्कीले भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

जनता बेलका माध्यमिक विद्यालय उदयपुरको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय रहेको बताइएको छ । सो  विद्यालयमा लगभग ५०० विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये ५५% छात्राहरू छन्। नयाँ भवनले विद्यार्थीहरूको लागि थप सहज र सुरक्षित वातावरण सिर्जना गर्ने  दूतावासको  अपेक्षा  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved