अर्थमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली बर्न अस्पतालमा

पौडेल र आचार्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नेपालभ्युज

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली बर्न अस्पतालमा

काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेलगत्तै  उनीहरुको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

उपचारमा संम्लग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

उनीहरु शनिबार पोखराको एक कार्यक्रमको उद्घाटनका क्रममा भएको बेलुन विस्फोटबाट घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना भर्ना भएका थिए । ।

पौडेल र आचार्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमण हुनसक्ने खतरालाई ध्यानमा राखेर भेटघाट बन्द गरिरहेको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved