कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट घटना : थप एक जनाको मृत्यु

नेपालभ्युज

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट घटना : थप एक जनाको मृत्यु

काठमाडौं । कमलपोखरीस्थित एक खाजाघर (शानदार मःम)मा गत माघ २३ गते ग्यासको सिलिन्डर विष्फोटपछि आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।

उनले भने, ‘आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।’

यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घलेमगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved